खरसाङको गौरी शंकर चियाबारीमा हिल तृणमूल कङ्ग्रेसको सभा, 5 परिवार तृणमूलमा सामेल

खरसाङ: खरसाङ महकुमा अन्तर्गत घैयाबारी ग्राम पञ्चायत एकको गौरी शंकर चियाबारीस्थित चौकी डाँड़ामा जीपी अध्यक्ष साजन तामाङको अध्यक्षतामा हिल तृणमूल कङ्ग्रेसको एक सभा सम्पन्न भयो। यसै सभामा अन्य पार्टी त्यागेर 5 परिवार हिल तृणमूल कंग्रेसमा सामेल भएका छन्। सभामा विशेष गरेर जीपी युवा को-अर्डीनेटर राकेश बमजन, सचिव राजीप लोहागन, बुथ अध्यक्ष सुरेन ठकुरी, सेकर सुब्बा, बबी ठकुरी अनि अन्य प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। सुरेन ठकुरीले सञ्चालन गरेको सभालाई सम्बोधन गर्दै राकेश बमजनले भने, अब जनतालाई बुझाई रहनु पर्दैन, जनता आफै सचेत भएर अन्य पार्टी त्यागेर हिल तृणमूल कङ्ग्रेसमा समेल भइरहेको छ जुन प्रकारले मुख्यमन्त्रीले  पहाडलाई सहुलियतहरू दिइरहेको छ अनि पहाडलाई विकासको दिशातिर लागिरहेको छ र यसलाई जनताले देखिरहेको छ भनी बताए। त्यसैले गर्दा अब पहाडमा टीएमसीबाहेक अरू कुने विकल्प छैन र विस्तारै विस्तारै गर्दै मानिसहरूले अन्य पार्टी त्यागेर हिल तृणमूल कङ्ग्रेसलाई समर्थन जनाइरहेको तिनले बताए। सभाको क्रममा बुथ अध्यक्ष सुरेन ठकुरीले भने, जुन प्रकारले मुख्यमन्त्रीले पञ्चायत क्षेत्रमा धेरैभन्दा धेरै सहुलियतहरू दिइरहेको छ त्यसबारे जनताबीच जनचेतना गराउने तिनले बताए। सभामा जीपी अध्यक्ष साजन तामाङले यस क्षेत्रका मानिसहरूले चिन्ता गर्नुपर्दैन अब चाँडै यस क्षेत्रमा पनि विकासको मूल फुटाउन हिल तृणमूल कङ्ग्रेस लागि पर्नेछ भनी बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *