खरसाङको आईटीआई टुंगमा कार्यरत् अस्थायी इन्स्ट्रक्टरहरूद्वारा स्थायीकरणको माग

खरसाङ: खरसाङको आईटीआई टुंगमा कार्यरत् अस्थायी इन्स्ट्रक्टरहरूद्वारा स्थायीकरणको माग गरेका छन्। आईटीआई टुंगमा अस्थायी रूपमा कार्यरत् चारजना इन्स्ट्रक्टरहरूमा सुधीर शर्मा, जुलियर सुनवार, रोहित गुरुङ र अशोक सुब्बा रहेका छन्। चारजनाले आज खरसाङमा पत्रकारहरूसित कुराकानी गर्दै तिनीहरूले धेरै लामो समयदेखि अस्थायी रूपमा कार्य गरिरहेको साथै आफूहरूको स्थायीकरणको मागलाई लिएर धेरैपल्ट क्षेत्रीय सरकार जीटीए र कोलकातामा पनि ज्ञापन चढाए तापनि हालसम्म पनि स्थायीकरणको माग पुरा नभएको बताए। आईटीआई टुंगमा कार्यरत् चारजना अस्थायी इन्स्ट्रक्टरहरूमध्ये सुधीर शर्माले पत्रकारहरूसित कुराकानी गर्दै आईटीआई टुंगमा मोठ 60 जनाको भ्याकेन्सी रहेको तर 14 जना मात्र स्थायी र चारजना अस्थायी रहेको बताउँदै आफूहरूमध्ये कोही विगत 8 वर्ष, 10 वर्ष र 12 वर्षदेखि अस्थायी रूपमा कार्यरत् रहेको अनि पार्ट टाइमले महिनामा 70 घण्टा मात्र पढ़ाउनु पर्ने भए तापनि आफूहरूले विद्यार्थीहरूको भविष्यबारे चिन्ता गरेर लगातार रूपमा पुरै दिन क्लास गराइरहेको बताए। आफूहरू सबैजना शिक्षित तथा स्थायीकरणको लागि योग्य रहे तापनि हालसम्म आफूहरूको स्थायीकरण नभएको साथै यसको लागि सम्बन्धित विभागमा धेरैपल्ट ज्ञापन चढाए पनि कुनै पहल नगरेपछि अन्तमा अक्टोबर महिनादेखि पेन डाउन गरेको तिनले बताए। यसपछि जीटीएबाट नोटिस आएपछि कोरोना महामारीको ध्यानमा राखेर नियम पालन गर्दै आजदेखि क्लास शुरू गरिएको शर्माले बताए। आफूहरूले मासिक 7000 रुपियाँमा कार्य गरिरहे तापनि हालसम्म न्याय पाएका छैनौँ भनी तिनले गुनासो पोखेका छन्।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *