खरसाङको जगदीश मन्दिरमा तीन दिवसीय गणेश पुजा शुरू

खरसाङ (निसं) : मारवाडी युवा मञ्च खरसाङ अर्नवद्वारा गणेश चतुर्थीको अवसरमा खरसाङको जगदीश मन्दिरमा आजदेखि तीन दिवसीय पुजा समारोहको आयोजना गरिएको छ। यस अवसरमा पहिलो दिन आज मन्दिरमा गणेशको मूर्ति स्थापना गर्नको साथै पूजा अर्चना गरियो। यस अवसरमा उपस्थित सबै जनालाई खिचडी वितरण गरियो। त्यसपछि भजन सन्ध्या कार्यक्रम सम्पन्न गरियो। गणेश चतुर्थीको दोस्रो दिन भोली बिहान मन्दिरमा पूजा अर्चना गर्नको साथै ब्रह्मकुमारी अनि मारवाडी युवा मञ्चको तर्फबाट भजन सन्ध्याको आयोजना गरिने भएको छ। त्यसरी नै तेस्रो दिन 2 सेप्टेम्बरको दिन पुजा अर्चनासहित हवन गरिने अनि तेस्रो दिनको अपरान्हको समय मूर्ति विसर्जन गरिने भएको जानकारी मारवाडी युवा मञ्चको तर्फबाट आयुश गुप्ताले जानकारी गराएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *