खरसाङको जोगमायाबाट 40 घर गोजमुमो विनय खेमामा सामेल

खरसाङ : खरसाङ महकुमा अन्तर्गत पर्ने तीनधारे महानदी समष्टिको जोगमाया चियाकमानबाट गोरामुमो र गोजमुमो विमलपन्थीबाट मोठ 40 घर समर्थकहरू गोजमुमो विनय समूहमा सामेल भएका छन्। आज घैयाबारीदेखि केही मुनि रहेको जोगमाया चियाबारीमा जीटीए चेयरम्यान अनित थापाको विशेष उपस्थितिमा तिनीहरूले आआफ्नो पार्टी छोडेर गोजमुमो विनय खेमालाई समर्थन जनाए। तिनीहरूलाई जीटीए चेयरम्यान तथा गोजमुमो महासचिव अनित थापाले दलीय झण्डा प्रदान गर्दै आफ्नो पार्टीमा स्वागत जनाए।


यस अवसरमा गोजमुमो तीनधारे महानदी समष्टिका सभापति रबिन सुब्बा, सचिव सञ्जीब लामा, उपसभापति राजु लामा आदि उपस्थित थिए। जोगमायामा हालै सडक निर्माण गरिदिएकोमा आभार प्रकट गर्दै स्थानीय जनताको पक्षबाट अनित थापालाई फुलको गुच्छा, नेपाली टोपी र शल ओढाएर सम्मान जनाइयो। आज नयाँ पार्टीमा सामेल हुनेहरूले आफ्नो क्षेत्रमा सडक निर्माण गरिदिएकोमा आभार प्रकट गर्दै यहाँका अन्य विभिन्न समस्याहरूको पनि समाधान जीटीए मार्फत् गरिदिने आशा व्यक्त गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *