खरसाङको लङ्गभ्यू चिया बगानका श्रमिकहरूलाई खर्च वितरण

खरसाङ: खरसाङको लङ्गभ्यू चियाबगानका श्रमिकहरुलाई आज तेस्रो पल्ट खर्च चिया श्रमिक कल्याण समितिका चेयरम्यान एवम् जीटीए-का डेपुटी चेयरम्यान राजेश चौहानको विशेष उपस्थितिमा वितरण गऱ्यो। जीटीए प्रमुख कार्यपाल अनित थापाको पहलमा चिया श्रमिक कल्याण समिति गठन गरिएको छ भने यदि कुनै पनि चियाबारीमा समस्या हुन्छ, त्यो बगानमा श्रमिक हितार्थ यो चिया श्रमिक कल्याण समितिले काम गर्ने बताइएको छ।


आजको श्रमिक खर्च वितरण गरिरहेको समयमा क्षेत्रिय सभासद श्रीमति कल्पना प्रधान, दार्जिलिङ तराई डुवर्स लेबर प्लान्टेसन वर्कर्स युनियनका केन्द्रीय अध्यक्ष जेबी तामाङ, महकुमाका भक्तिमान राई आदिको उपस्थिति रहेको थियो। अर्कोतिर, आफ्नो पसिनाको कमाई पाउँदा श्रमिकहरूमा हर्ष छाएको छ भने यसको लागि श्रमिकहरूले जीटीए कार्यपाल अनित थापा, डेपुटी चेयरम्यान राजेश चौहान, सभासद श्रीमति कल्पना प्रधान, जेबी तामाङ लगायत अन्य उपस्थित सम्पूर्णलाई धन्यवाद प्रकट गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *