खरसाङको लङ्गभ्यूमा स्व. देवकुमार खाती फुटबल प्रतियोगिता शुरू

खरसाङ (निसं): खरसाङको लङ्गभ्यू चियाबारीको बन्दाखेती खेल मैदानमा स्व. देवकुमार खाती स्मारक नकआउट फुटबल प्रतियोगिता शुरू भएको छ। बन्दखेती स्पोर्टिङ क्लबद्वारा आयोजित उद्घाटन म्याच खेलमा 39 जीटीसी वाराणसी बनाम एसएसएफसी सालबारीमाझ सम्पन्न भयो, जसमा 39 वाराणासीले शुन्यको विरूद्ध 4 गोल गरी विजय बनेको छ। खेल शुरू हुन अघि स्व. देवकुमार खातीको तस्वीरमा दीप प्रज्वलन गरियो साथै स्व. खाती अनि पंखबारी लङ्गभ्यु अम्बटे समष्टिका कर्मठ सदस्य स्व. फुलचन्द कुजुरको स्मरणमा दुई मिनटको मौन धारण गरियो। उक्त उद्घाटन समारोहमा पंखाबारी-अम्बटे-लङ्गभ्यू समष्टिका कार्यकारी सभासद् कल्पना प्रधान मुख्य अतिथिका रूपमा उपस्थित थिइन् भने अन्य अथितिहरूमा भागोप्रमो पार्टीको केन्द्रिय समिति प्रतिनिधि सन्तोष लामा, महकुमा सचिव प्रणाम रसाइली, समष्टि सभापति मणिराज डुम्जन, ललित प्रधान, अनुप रामुदामु, गाड़ीधुरा थाना प्रभारी लगायत अन्यहरू उपस्थित थिए। उद्घाटन म्याचको कार्यक्रममा विविध रंगारंग कार्यक्रमहरू पनि प्रस्तुत गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *