खरसाङको लोअर चिमनी क्षेत्रमा दिपेश थापाको अगुवाईमा सेनिटाइज

खरसाङ : खरसाङको चिमनी देवराली समष्टिको लोवर चिमनी क्षेत्रमा दिपेश थापाको अगुवाईमा आज सेनिटाइज गरियो। यहाँको अप्पर चिमनी, लोअर चिमनी, राई धुरे, भीर गाउँ, 6 माइल आदि क्षेत्रमा आज सेनिटाइजको कार्य गरिएको बताइको छ। यस सेनिटाइज कार्यमा गोजमुमो विनयपन्थीको सभापति, सचिव लगायत स्थानीय युवाहरूको सहभागिता रहेको थियो भने यस अवसरमा युनाईटेड हिमालय अर्गनाईजेशनको अध्यक्ष जोनाथन खवास र सचिव शरण खवास पनि उपस्थित थिए। यस सेनिटाइज कार्यपछि पत्रकारहरूसित कुराकानी गर्दै दिपेश थापाले यो कोरोना महामारीको समय आफ्नो गाउँ क्षेत्रलाई महामारीबाट बचाउन साथै स्वच्छता बनाई राख्ने उद्देश्यले सेनिटाइज गरिएको बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *