खरसाङको लोअर चिमनी नव मगर समाजद्वारा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा अध्यक्ष अनित थापालई सम्मान

खरसाङ : खरसाङको लोवर चिमनीस्थित नव मगर समाजद्वारा जीटीएका पूर्व चेयरम्यान तथा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका अध्यक्ष अनित थापालई सम्मान जनाइयो। आज लोअर चिमनी नव मंगर समाजका प्रतिनिधिहरू अनित थापाको खरसाङको नयाँ बजारस्थित घरमा पुगेर तिनलाई खदार्पण गर्नको साथै संवर्द्धना पत्रद्वारा प्रदान गरेर सम्मान जनाइयो। यस अवसरमा नव मगर समाज लोवर चिमनीका सभापति सुमन थापा, सचिव दिपेश थापा र अन्य प्रतिनिधिहरू उपस्थित थिए। नव मगर समाज लोअर चिमनीका सचिव दिपेश थापाले विगतको दिनमा जीटीएका पूर्व चेयरम्यान तथा वर्तमान भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका अध्यक्ष अनित थापाले समाजलाई धेरै सहयोग गरेको अवगत गराउँदै यसैले तिनलाई आज समाजको तर्फबाट सम्मान गरिएको बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *