खरसाङको लोअर सिरुबारी बस्तीमा बाल दिवसको अवसरमा विविध कार्यक्रम सम्पन्न

खरसाङ (निसं) : खरसाङको लोअर सिरुबारी बस्तीमा बाल दिवसको अवसरमा विविध कार्यक्रमहरूसितै सम्मान कार्यक्रम पनि आयोजना गरियो। स्टुडेन्ट युनाइटेड क्लबको आयोजनामा खरसाङको लोअर सिरूबारीमा साहित्यकार बिमल राईको अध्यक्षतामा बाल दिवसको अवसर पारेर विद्यार्थीहरूलाई लिएर विभिन्न कार्यक्रमहरूको आयोजना गरियो। कार्यक्रममा प्रमुख अतिथिको रुपमा शिक्षक एवम् साहित्यकार देवराज शर्मा उपस्थित थिए। यसै कार्यक्रममा विद्यार्थीहरूले सुमन लामाको मार्ग निर्देशन र सहयोगमा विभिन्न कार्यक्रमहरू आयोजना गरे। कार्यक्रममा विद्यार्थीहरूलाई लिएर गीत, नृत्य, रायम्स, वक्तव्य प्रतियोगिता आयोजना गरिएको थियो।


त्यसरी नै विद्यार्थीहरूका अभिभावकहरूले पनि विविध कार्यक्रमहरू प्रस्तुत गरे। यस अवसरमा स्टुडेन्ट युनाईटेड क्लब लोवर सिरुबारीद्वारा सम्मान कार्यक्रमको पनि आयोजना गरिएको थियो। वरिष्ठ नागरिकहरू लगायत साहित्यकार बिमल राई, सुमन लामा, प्रेम गन्द्रर्भ, गणेश प्रधान, ईशा शेर्पा आदिलाई विशेष सम्मान जनाइयो। कार्यक्रममा उपस्थित अतिथिहरू क्रमैले राकेस बराईली, सन्तोष लामा, प्रणाम थापा, राशिका गुरुङ, आशा राई, प्रवेग प्रधान आदिले पनि आ-आफ्नो प्रस्तुति दिएका थिए। अतिथिहरूको बाहुलीबाट विद्यार्थीहरूलाई कार्यक्रममा ट्रफी, मेडल, प्रमाण पत्रहरू, उपहारहरू वितरण गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *