खरसाङको लोअर सिरूबारीमा दुईवटा सार्वजनिक भवन निर्माणको शिलान्यास

खरसाङ : खरसाङ महकुमा अन्तर्गत लोवर सिरूबारीमा जीटीएबाट दुईवटा सार्वजनिक भवन निर्माणको निम्ति आज शिलान्यास गरिएको छ। खरसाङ 29 नम्बर गिद्ध पहाड समष्टि अन्तर्गत परिवर्तन समाज अनि जय नारायण समाजको लागि सार्वजनिक भवन निर्माणको लागि भूमि पूजा गरिएको छ। यस अवसरमा बिनयपन्थी गोर्खा जनमुक्ति मोर्चा 29 नम्बर खरसाङ गिद्ध पहाड समष्टिका सचिव भक्तिमान तामाङ, युवा मोर्चा अध्यक्ष सोनु राई, नारी मोर्चा समष्टि प्रतिनिधि, ब्लक प्रतिनिधिहरूको उपस्थितिमा दुईवटा सार्वजनिक भवनको शिलान्यास गरियो। लोवर सिरूबारी क्षेत्रका जनताले धेरै अघिदेखि यहाँ सार्वजनिक भवन निर्माणको निम्ति निवेदन गरेका थिए जुन आज आएर पूरा भएकोमा स्थानीयहरूले जीटीए चेयरम्यान अनित थापाप्रति कृतज्ञता प्रकट गरेका छन्। स्थानीयहरूले हाम्रो क्षेत्रमा विकासको नाममा पहिलोपल्ट सार्वजनिक भवन आएको र भविष्यमा पनि अन्य विकासमूलक कार्यहरू गरिदिने भन्दै जीटीए चेयरम्यान अनित थापालाई निवेदन गर्दै सार्वजनिक भवनको लागि धन्यवाद चढाएका छन्। शिलान्यासपछि पत्रकारसित बाद गर्दै गोजमुमो खरसाङ महकुमा समितिको सांगठनिक सचिव एंव गिध्द पहाड़ समष्टि सचिव भक्तिमान तामाङले लोवर सिरूबारी क्षेत्रमा स्थानीयहरूका लागि जीटीएबाट दुईवटा सार्वजनिक भवन निर्माणको लागि शिलान्यास कार्य आज सम्पन्न भयो भन्दै यस क्षेत्रका मानिसहरूलाई जीटीए चेयरम्यान अनित थापाको पहल र निर्देशनमा उपहारस्वरुप प्रदान गरिएको बताए । तिनले आजको शिलान्यास कार्यमा स्थनीयहरूमा हामीले खुशी देखेका छौं भन्दै यो दुईवटा सार्वजनिक भवनको छिट्टै कार्य सकेर उद्घाटन पनि गर्न सक्छौं भन्ने आशा व्यक्त गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *