खरसाङको महानदी अनि लङ्गभ्यूमा भिन्न-भिन्नै शहीद दिवस पालन

महानदी : खरसाङको महानदीमा गोजमुमो दुईको आयोजनामा यहाँको रेलवे स्टेशन परिसरमा रहेको शहीद वेदीमा गोजमुमोका कार्यकर्ताहरू लगायत स्थानीयहरूले शहीदलाई धुप द्वीप प्रज्वलन गरेर खदा चढ़ाएर श्रद्धाञ्जलि अर्पण गरे। सन् 1986 को गोर्खाल्याण्ड आन्दोलनमा महानदीका सर्जुन प्रधान शहीद भएका थिए। तिनकै स्मृतिमा महानदीमा रहेको शहीद वेदीमा भूतपूर्व सैनिक संगठनको तर्फबाट शहीदलाई श्रद्धाञ्जलि अर्पण गर्दै भूतपूर्व सैनिक हेमेन्द्र देवानको अगुवाईमा सलामी दिइयो। उक्त शहीद दिवस कार्यक्रममा गोजमुमो खरसाङ महकुमा समितिको सदस्य टंक शर्मा, नारी मोर्चा तीनधारे- महानदी समष्टिका सभापति निरा प्रधान, युवा मोर्चाका तीनधारे- महानदी समष्टीको कार्यकारी सभापति निखिल छेत्री लगायत टिकाप्रसाद शर्मा, बसन्त राई लगायत अन्यहरू उपस्थित थिए।

लङ्गभ्यू: गोर्खा जनमुक्ति मोर्चा 2-को अम्बटे-लङ्गभ्यू-पंखाबारी समष्टिको आयोजनामा आज लङ्गभ्यू चियाबारी स्थित केराबारीको शहीद वेदीमा कोरोना प्रोटोकललाई मध्यनजर राखेर साधरण ढङ्गमा शहीद दिवस पालन गरियो। यस अवसरमा गोर्खाल्याण्ड आन्दोलनमा शहीद हुने सबै शहीदहरूलाई श्रद्धाञ्जलि अर्पण गर्दै शहीद वेदीमा धूप-दीप प्रज्ज्वलन साथै खदा, माला चढ़ाइयो। त्यसरी नै स्थानीय शहीद निमा थिङ, स्वरुप सिंग लकान्द्री अनि सुबोध प्रधानको परिवारलाई खदा लगाइ दिएर सम्मान जनाइयो। समारोहमा समष्टि अध्यक्ष मणिराज डुम्जन, केन्द्रिय समिति सदस्य सन्तोष लामा, खरसाङ महकुमा समिति प्रचार-प्रसार सचिव अनुप रामुदामु, समष्टि सदस्य कुणाल छेत्री, समष्टि सदस्य कल्याण लामा, कबीर लामा, नारी मोर्चा समष्टि सभापति रिना थिङ लगायत स्थानीय चिया बगानका प्रबन्धकगण, गाड़ीधुरा थाना प्रभारी, ट्राफिक ओसी अनि पार्टीका अन्य प्रतिनिधिहरू उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetperabetbetvolemobilbahisjojobetjojobetjojobetkargabetPusulabet girişPusulabet güncel girişgrandpashabetjojobetjojobetgrandpashabet1winmariobetgrandpashabet girişurfa konteynerşanlıurfa konteynerVDCasinocasibomsekabet girişpusulabet güncel girişVDCasinopusulabet girişjojobetjojobetsuperbetin girişcratosroyalbetholiganbetholiganbet1winbetgitgameofbetcratosroyalbetinterbahisholiganbetjojobetjojobetDeneme Bonusu Veren Sitelercasibombahiscasinocasinomilyoncasibomgrandpashabetjojobetholiganbetmatbetbetciosekabetjojobetmarsbahismatbetimajbetimajbetteosbetonwin girişsahabet girişDeneme Bonusu Veren SitelergrandpashabetŞans Casinojojobet grandpashabetazhar-itay.com grandpashabetbets10betwooncasibomjojobetjojobetperabetjojobetteosbet Built with ❤︎ by appycodes