खरसाङको मकैबारी चियाबगानमा 2 सय मानिसहरूले लगाए कोरोनाको पहिलो खोप

खरसाङ: खरसाङ खण्डको मकैबारी चियाबगानमा आज कोरोना भ्याक्सिनेशन क्याम्पको आयोजना गरियो। उक्त क्याम्पमा प्राय: दुई सय मानिसहरूले कोरोनाको पहिलो खोप लगाए। उक्त क्याम्पमा स्वास्थ्य विभागका एएनएम, आशा कर्मीहरू तथा स्थानीय मकैबारी चियाबगानका स्वास्थ्यकर्मीहरूको विशेष उपस्थिति रहेको थियो। क्याम्पबारे अवगत गराउँदै स्वास्थ्यकर्मी एएनएम सरिना लामाले आज मकैबारीको सब सेन्टरमा स्थानीय मानिसहरूलाई कोरोनाको पहिलो खोप लगाइएको बताइन्।  तिनले यहाँ सबैलाई कोभिड सिल्डको खोप लगाइएको जनाउँदै अब दोस्रो खोप 84 दिनपछि लगाइने बताइन्। आजको यस खोप लगाउने कार्यमा सबै उत्साहित भएर उपस्थित रहेको जनाउँदै सबैले आफ्नै ठाउँमा यसरी खोपको व्यवस्था गरिदिएको आभार प्रकट पनि गरिरहेको तिनले थप जानकारी दिइन्। यता खोप लगाएकी स्थानीय बबिता लामाले कोरोनाको पहिलो खोप लगाउन पाउँदा आफैलाई धेरै खुशी लागेको बताउँदै यसरी आफ्नै ठाउँमा खोपको व्यवस्था गरिदिएकोमा स्वास्थ्य विभाग, चियाबगानपक्ष अनि सम्बन्धित सबैप्रति कृतज्ञता प्रकट गरिन्। यसै सन्दर्भमा डीटीडीपीएलयु खरसाङ महकुमा समिति अध्यक्ष प्रणाम रसाईलीले यसरी चियाबगानतिर नै भ्याक्सिनको निम्ति सम्बन्धित विभागलाई संगठनले आग्रह गरेको फलस्वरुप आज अन्य चियाबागानमा झैँ यता मकैबारीमा पनि पहिलो खोप लगाइएको बताए। भ्याक्सिनको लागि डीटीडीपीएलयुले पहल गरिरहेको र यस कार्यमा सुकुना स्वस्थ्य केन्द्र, खरसाङ महकुमा शासक, खरसाङ खण्ड विकास अधिकारी, गोजमुमो महासचिव अनित थापाले सहयोग गरेकोमा तिनले आभार व्यक्त गरे। आजको यस भ्याक्सिनेशनको निम्ति स्थानीय दुई सयजनाको नाम सूचीमा रहेकोले तिनीहरूलाई नै कोरोनाको पहिलो खोप लगाइएको तिनले बताए। खरसाङको प्राय: सबै चियाबारीहरूमा भ्याक्सिन लगाउने कार्य भइरहेको र भ्याक्सिनेनस नभएको चियाबारीहरूमा पनि चाँडै पहल गरिने रसाईलीले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasussezarcasinojokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetpokerklasJojobetJojobetjojobetmariobetGrandpashabet girişurfa konteynerşanlıurfa konteynergrandpashabet girişholiganbet girişgrandpashabet girişmatbet girişvdcasino girişcasibom casibom pusulabet güncel girişpalacebetteosbetteosbetbetgitromabetgameofbetgrandpashabetjojobetholiganbetgrandpashabetbetparkbetparkbetparkjojobet girişDeneme Bonusu Veren SitelerbahiscasinoCratosroyalbetbetparkpusulabetsekabetmatbetvdcasinopalacebetbahiscasino1wingrandpashabetholiganbetjojobetimajbetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkazandraperabetperabetperabetjojobetcasibompulibetholiganbetgrandpashabetgrandpashabetpusulabetcasibomgrandpashabetgrandpashabetjojobetholiganbetgrandpashabetjojobetgrandpashabet girişgrandpashabet girişcasibombetpuanbetpuanholiganbet girişholiganbetibizabet girişibizabetibizabet girişholiganbet girişibizabetromabet giriş1win1win girişgrandpashabetgrandpashabet girişcasibomDeneme Bonusu Veren Sitelergrandpashabetcasibomcasibomcasibompusulabet giriş Built with ❤︎ by appycodes