खरसाङको मकैबारी चिया बगानमा द्वारे सरकार शिविरको आयोजना

खरसाङ : खरसाङ खण्डको मकैबारी चिया बगानमा आज पश्चिम बंगाल राज्य सरकारको एउटा प्रकल्प द्वारे सरकार शिविरको आयोजना गरियो। यहाँको सार्वजनिक भवनमा सम्पन्न उक्त शिविरमा सम्बन्धित विभागका कर्मचारीगण तथा स्वयमसेवीहरूले राज्यका विभिन्न योजनाहरू विषयमा जानकारी गराउँदै मानिसहरूलाई विविध सुविधा तथा साहुलियतहरूको फारम भर्ने कार्य पनि गरिदिए।

स्थानीय चियाबारीका मानिसहरूको सुविधा हेतु आज यसरी यहाँ द्वारे सरकार शिविरको आयोजना गरिदिएकोमा स्थानीय मानिसहरूले राज्य सरकार अनि सम्बन्धित विभाग तथा सबै कर्मचारी अनि सहयोगीहरू प्रति आभार व्यक्त गरेका छन्। द्वारे सरकारको शिविर यसरी ग्रामीण क्षेत्रहरूमा नै आयोजना गरिदिएको कारण ग्रामवासीले यसको लाभ धेरै मात्रामा उठाउन सकेको अवगत गराउँदै सबैलाई यसप्रति जागरूक हुने आह्वान पनि गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *