खरसाङको मामरिङ क्षेत्रमा गाउँलेहरूद्वारा सडकको मरमति

खरसाङ : खरसाङ महकुमा अन्तर्गत सिटोङ दुई ग्राम पञ्चायतको लोअर मामरिङ क्षेत्रमा स्थानीय मानिसहरूले आफै सड़कको मरमत्ति गरेका छन्। मामरिङस्थित मामरिङ हाई स्कुलमाथि सड़क भत्किएपछि वाहनको चलाचल गर्न निक्कै असुविधा भएकोले गाउँका चालक, मालिक, शिक्षकहरू लगायत गाउँका सामाजिक कार्यकर्ताहरूको सड़कको मरमत्ति गरियो। तिनीहरू मिलेर अर्थ संकलन गरी सबैको सहयोगमा सिमेन्ट, गिटी, बालुवाको व्यवस्था मिलाएर सडक मरमति गर्ने कार्य गरिएको बताइएको छ। यस कार्यमा विशेष गरी मामरिङ फुटबल क्लबका युवाहरुद्धारा श्रमदान गरी सामाजिक कार्यद्वारा सडक मरमति गरिने काम गरियो। यस विषयमा स्थानीय करण राईले पत्रकारहरूसित कुराकानी गर्दै लोअर मामरिङको सड़क सोचनीय अवस्थामा रहेकोले गर्दा वाहनहरूको चलाचलमा निक्कै असुधिवा भएकोले स्थानीय चालक, मालिक, शिक्षकहरू लगायत सामाजिक कार्यकर्ताहरू मिलेर सडकको मरमति गरिएको बताए।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *