खरसाङको मन्टिभियट दुर्गा मन्दिरमा नवरात्री पुजा शुरू

खरसाङ : खरसाङको मन्टिभियट स्थित दुर्गा मन्दिरमा आजदेखि नवरात्री पुजा आरम्भ भयो। मन्दिरका गुरुजी दया देवानको घरको नव दुर्गा मन्दिरमा आजदेखि नवरात्री पुजा शुरू गरिएको छ। हाल कोरोना महामारीलाई ध्यानमा राखेर मन्दिरमा पहिलो दिनको पुजामा गुरुजी दया देवनले सबै भक्तजनको निम्ति जमरा छरेका थिए। यस नवरात्रीको पुजामा सातजना परिवारले गुरुजीसित वर्त बसेर आजदेखि नवरात्री पुजा शुरू गरेको छ। यसबारे पत्रकारहरूसित कुराकानी गर्दै गुरुजी दया देवानले गत 9-10 वर्षदेखि अघिदेखि नै प्रत्येक वर्ष यस मन्दिरमा नवरात्रीमा पुजा अर्जना गर्दै आएको तर यसपाली कोरोना भाइरसको महामारीबीच सामाजिक दूरीको नियमलाई पालन गर्दै सतर्कतापूर्वक पुजा आजदेखि आरम्भ गरिएको तिनले बताए। 


Leave a Reply

Your email address will not be published. Required fields are marked *