खरसाङको मार्शल आर्ट्स एण्ड फिट्नेस अकादमीका खेलाडीहरू विभिन्न पदक जित्न सफल, देशलाई नेतृत्व गर्ने मौका

खरसाङ (निसं): खरसाङको मार्शल आर्ट्स एण्ड फिट्नेस अकादमी (माफा)- का खेलाडीहरूले कोलकताको नेताजी इन्डोर स्टेडियममा आयोजित सातौं अन्तर्राष्ट्रिय सेशिंकाई कराँते च्याम्पियनशीप, २०२३ मा भाग लिएर भारतको प्रतिनिधित्व गर्नलाई छनौट भएका छन्। माफा-की निर्देशिका कल्पना क्षेत्रीको नेतृत्वमा 19 जना सहभागीहरूको टोलीले गत 29 र 30 जुलाई, 2023-मा कोलकाताको नेताजी इन्डोर स्टेडियममा आयोजित सातौं अन्तर्राष्ट्रिय सेशिंकाई कराते च्याम्पियनशिपमा 14 वटा पदकहरू जित्न सफल भएका छन्। उक्त प्रतियोगितामा माफा-का खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्दै गत वर्ष 9 पदकको तुलनामा 6 स्वर्ण, 3 रजत र 5 काँस्यसहित यो वर्ष कुल 14 पदकको साथ ठूलो सफलता हासिल गरेको जानकारी प्राप्त भएको छ।


माफा-का अध्यक्ष सेन्सी सन्दीप प्रधानले 40 वर्षभन्दा माथिका कराँते दिग्गजहरुको लागि आयोजित विशेष कार्यक्रम “मास्टर्स लेभल कुमुटे”- मा पनि सहभागिता जनाएका थिए। 43 वर्षीय सेन्सी प्रधानले उक्त प्रतिस्पर्धामा तेस्रो स्थान हासिल गरेर प्रत्येक युवा र आफ्ना विद्यार्थीहरूको लागि उदाहरण प्रस्तुत गरेको बताइएको छ। त्यसरी नै माफा-को प्राविधिक निर्देशक र खरसाङ अनि सिंगेल शाखाका प्रशिक्षक सेन्सी राहुल विश्वकर्माले २८ वर्षको उमेरमा सिनियर कुमुटे विधामा सहभागी भएर क्वाटरफाइनलमा पुगेको जानकारी माफा-की निर्देशिका कल्पना क्षेत्रीले दिएकी छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *