खरसाङको मुर्दाहट्टी जाने रोडको मरमति तिहार पछि गरिने : सभासद श्याम शेर्पा

खरसाङ (निसं) : खरसाङको मुर्दाहट्टी जाने सोचनीय अवस्थामा पुगेको रोडको मरमत्ति गरिने भएको छ। उक्त रोडको मरमत्ति तिहारपछि गरिने खरसाङ देवराली समष्टिको सभासद श्याम शेर्पाले जानकारी गराएका छन्। तिनले आज आफ्नो कार्यालयमा पत्रकारहरूसित कुराकानी गर्दै खरसाङको मुर्दाहट्टी जाने सोचनीय अवस्थामा रहेको सड़कको मरमत्तिको लागि आफुहरूले पहल गरिसकेको र यसको मरमत्ति कार्य तिहार अघि गरिने सोच रहे तापनि लेबरहरू तिहार मनाउन घर जाने भएकोले विभागसित मिलेर अब सड़क मरमत्ति कार्य तिहारपछि थाल्ने जानकारी गराएका छन्।


तिनले रोडको सोचनीय अवस्थाले गर्दा स्थानीय जनसाधारण तथा चालकहरूलाई पर्न गएको असुविधालाई ध्यानमा राखेर तिहारपछि गुणस्तरीय रूपमा मरमत्तिको कार्य गरिने बताएका छन्। सभासद श्याम शेर्पाले एक प्रश्नको उत्तरमा खरसाङको मुर्दाहट्टी जाने सोचनीय अवस्थामा रहेको रोडको मरमत्ति कार्यपछि खरसाङको कटलेरी रोडको पनि मरमत्ति गरिने जानकारी गराएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *