खरसाङको नाम्शु बस्तीमा नि:शुल्क स्वास्थ्य जाँच तथा जागरुकता शिविर

खरसाङ : खरसाङको मार्टियल आर्टस् एण्ड फिटनेस अकादमीको आयोजनामा ग्यामन ब्रिज नजिक रहेको नाम्शु बस्तीमा नि:शुल्क स्वास्थ्य जाँच शिविर अनि स्वास्थ्य जागरुकता शिविरको आयोजना गरियो। मार्टियल आर्टस् एण्ड फिटनेस अकादमीले खरसाङ महकुमा अस्पतालको सहयोगमा नाम्शु बस्तीका स्थानीयहरूको सुविधाको लागि नि:शुल्क स्वास्थ्य जाँच एवं स्वास्थ्य जागरुकता शिविर सम्पन्न गऱ्यो। स्वास्थ्य जागरुकता अन्तर्गत वर्तमान कोरोना भाइरसको खतरालाई मध्य नजर राख्दै यसको विषयमा पनि जागरुकता फैलाउने कार्य गरियो। उक्त स्वास्थ्य शिविरमा नाम्शु बस्तीका लगभग 23 जना स्थानीय मानिसहरूले स्वास्थ्य जाँच गराए। यस अवसरमा मार्टियल आर्टस् एण्ड फिटनेस अकादमी खरसाङका सभापति देवकुमार प्रधानले स्वास्थ्य शिविरमा चाहिने सम्पूर्ण दबाईहरू खरसाङ महकुमा अस्पतालको सुप्रिटेन्डेन्ट डा. रुमी मण्डलको सहयोगमा प्राप्त भएको बताउँदै नाम्शु बस्तीका स्थानीयहरूले बाटो र यातायातको असुविधाले गर्दा अस्पताल पुग्न असुविधा हुने भएकोले गर्दा यस प्रकारको स्वास्थ्य शिविरको आयोजना गरेको जानकारी गराएका छन्। तिनले नाम्शु बस्तीमा हामीले स्वास्थ्य शिविर लगायत वर्तमान कोरोना भाइरसको विषयमा पनि जागरुकता फैलाउने कार्य गरिएको र यस शिविरमा सहयोग गर्ने डा. रुमी मण्डल र डा टाँसी पाल्मु भोटियाप्रति पनि आभार प्रकट गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *