खरसाङको नयाँ चेयरम्यानको रूपमा ब्रिगेन गुरुङले सम्हाले पदभार

खरसाङ : खरसाङ नगरपालिकाको नयाँ चेयरम्यानको रुपमा ब्रिगेन गुरुङले हिजोदेखि पदभार सम्हालेका छन्। दार्जिलिङ जिल्ला म्याजिस्ट्रेटको निर्देशन अनुसार खरसाङ नगरपालिका कक्षामा एउटा महत्वपूर्ण सभापछि पूर्व चेयरम्यान कृष्ण लिम्बुले नगरपालिकाको सबै आवश्यक र महत्वपूर्ण कागज पत्रहरू नयाँ चेयरम्यान ब्रिगेन गुरुङलाई सुम्पेको बताइएको छ।  छन्। दार्जिलिङ जिल्लाको प्रतिनिधि गर्दै डब्ल्युबीसीएस अधिकारी कुन्तला बासु, खरसाङ नगरपालिकाको अधिकारी रामकृष्ण दत्त, खरसाङ नगरपालिकाको विभिन्न विभागका विभागीय प्रमुखहरू, नगरपालिकाको नगर पार्षद-पार्षदिकाहरू आदिको उपस्थितिमा नयाँ चेयरम्यान ब्रिगेन गुरुङले आफ्नो कार्यभार सम्हालेको जानकारी दिएको छ। ब्रिगेन गुरुङले नयाँ चेयरम्यानको पदभार ग्रहण गरेपछि पत्रकारहरूसित कुराकानी गर्दै पूर्व चेयरम्यान कृष्ण लिम्बुबाट आवश्यक कागज पत्रहरू हस्तान्तरण गरिएको र आफुले खरसाङ नगरपालिकाको नयाँ चेयरम्यानको रुपमा कार्यभार सम्हालेको बताएका छन्। तिनले अबदेखि आफु अनि टीम मिलेर कार्य गर्नेछौं र सबै नगर पार्षद पार्षदिकाहरू नै चेयरम्यान र भाइस चेयरम्यान हुन् भन्दै अब सबै मिलेर पारदर्शिताको साथ कार्य गर्ने वचन दिएका छन्। तिनले खरसाङको सबै जनता, संघ-संस्था, राजनैतिक पार्टीहरूबाट पनि साथ र सहयोगको आशा गरेको बताएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *