खरसाङको निम्न डुमाराममा बुथ स्तरीय चुनाउ कार्यालयको उद्घाटन

खरसाङ : खरसाङको निम्न डुमाराम वार्ड नम्बर 5-मा विनय-अनित पन्थीको बुथ स्तरीय चुनाउ कार्यालयको आज गोजमुमो निम्न डुमारामका सभापति लक्ष्मण गुरुङले विधिवत् रूपमा उद्घाटन गरे। आगामी विधानसभा चुनाउलाई ध्यानमा राखेर उक्त कार्यालय उद्घाटन गरिएको हो। यस अवसरमा गोजमुमोको स्थानीय पदाधिकारीहरू लगायत टाउन कमिटीका सांगठनिक सचिव गुञ्जन शर्मा, दिपेन्द्र सेवा, महकुमा सदस्य विधानचन्द्र ब्लोन, केन्द्रीय सदस्य कमलेश राई, चुनाउ संयोजक राजेन्द्र प्रसाद थापा, उप संयोजक राजेश शर्मा आदि विशेष रूपमा उपस्थित थिए। कार्यालयको उद्घाटनपछि सम्पन्न सभामा सल्लाहकार एवम् सचिव बीबी छेत्री, नारी मोर्चाका सभापति निर्मला गुरुङ थापाले वक्तव्य राखे। सभालाई बीबी छेत्रीले सञ्चालन गरेका थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *