खरसाङको पुनम लेप्चा क्वारेन्टाइन मुक्त

खरसाङ : दिल्लीबाट घर फर्कि आएर क्वारेनटाइनमा बसेपछि पुनम लेप्चाले आज 14 दिनको क्वारेन्टाइन अवधि समाप्त गरिन्। आशा कर्मी र स्वास्थ्य कर्मीहरूको उपस्थितिमा तिनलाई आज क्वारेनटाइन मुक्त गर्दै अरिङ्गले समाज टाक्स फोर्सको सदस्य दिपेन खम्बू राईको उपस्थितिमा खदा अर्पण गरी प्रमाण पत्र दिएर समान पनि जनाइयो। गत 2 जुनको  दिन तिनी दिल्लीबाट आफ्नो घर फर्कि आएर क्वारेनटाइनमा बसेकी थिइन्। पुनम लेप्चाले क्वारेन्टाइन सेन्टरमा बस्नको लागि आफूलाई सहयोग गरेकोमा जीटीए चेयरम्यान अनित थापा, युवा मोर्चा एवम् टाक्स फोर्सका अध्यक्ष पेमेन्द्र गुरूङ, युवा मोर्चा समष्टि अध्यक्ष रोशन हाङ सुब्बा, अनुज कान्ता, दिपेन खम्बू राई, गोजमुमो खरसाङ महकुमा समितिका महासचिव अनुश थापा, सबै गाउँ-समाज अनि गाउँलेहरूलाई आभार प्रकट गरिन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *