खरसाङको पुष्परानी विद्यालयमा देउसी-भैलो कार्यक्रम

खरसाङ (निसं): खरसाङको पुष्परानी उच्चत्तर माध्यमिक विद्यालयमा आज देउसी भैलो कार्यक्रम सम्पन्न गरियो। पुष्परानी उच्चत्तर माध्यमिक विद्यालयको बाह्रौं श्रेणीका कला र विज्ञान विभागका विद्यार्थीहरूले नेपाली जातिको पारम्परिक संस्कृति देउसी-भैलो कार्यक्रम प्रस्तुत गरे। यस कार्यक्रमलाई शिक्षक राजु ठटालले सञ्चालन गरेका थिए भने देउसी भैलोको महत्त्व र इतिहास विस्तारमा राख्दै विद्यालयका शिक्षक प्रभारी ललिता भण्डारीले आफ्नो वक्तव्यमा बताइन्।


यसरी नै बाह्रौं श्रेणीको कला अनि विज्ञान विभागका विद्यार्थीहरूले भैलेनी परम्परागत ढंगमा प्रस्तुत गरे भने देउसी पनि बाह्रौं श्रेणीका कला र विज्ञान विभागका विद्यार्थीहरूले नै प्रस्तुत गरेको पुष्परानी उच्चत्तर माध्यमिक विद्यालयकी शिक्षक प्रभारी ललिता भण्डारीले बताएकी छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *