खरसाङको सन्त अल्फन्सेस स्कुलमा भ्याक्सिन लगाउने कार्य दैनिक रूपमा जारी

खरसाङ : खरसाङ अस्पतालको तर्फबाट सन्त अल्फन्सेस स्कुलमा भ्याक्सिन लगाउने कार्य दैनिक रूपमा जारी रहेको छ। अहिले विशेष गरी तीनवटा क्याटोगोरीमा यहाँ भ्याक्सिन लगाउने कार्य चलिरहेको छ, जस अन्तर्गत 18 वर्षमाथिकाहरू, 45 वर्ष माथिकाहरू र 60 वर्ष माथिकाहरूलाई लगाउने कार्य भइरहेको छ। त्यसरी नै 12 वर्षभन्दा मुनिका नानीहरूको आमाहरूलाई पनि भ्याक्सिन लगाउने कार्य चलिरहेको छ। भ्याक्सिन विषयमा पत्रकारहरूसित कुराकानी गर्दै स्वास्थ्य अधिकारी बिजय सेञ्चुरीले अहिले को-भ्याक्सिनको उपलब्धताको कारणले दोस्रो डोज लगाउने कार्य भइरहेको र को-भ्याक्सिनको दोस्रो डोज दैनिक 250 जना सम्मलाई लगाउने कार्य भईरहेको पनि बताएका छन्। तिनले चालकहरू र बाहिर काम गर्न जानेहरूलाई पनि महकुमा शासकको अनुमतिमा भ्याक्सिन लगाउने कार्य भइरहेको जानकारी दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *