खरसाङको सन्त अल्फन्सेस स्कूलमा भ्याक्सिन लगाउने मानिसहरूको भीड़

खरसाङ : खरसाङको सन्त अल्फन्सेस स्कूलमा आज भ्याक्सिन लगाउने मानिसहरूको भीड़ देखियो। भ्याक्सिन लगाउन आउने मानिसहरूको भीड़लाई स्वास्थ्य अधिकारीहरूले नियन्त्रण गर्नलाई निक्कै हम्मे हम्मे परेको देखियो भने स्वास्थ्य अधिकारीहरूले भीड़लाई भ्याक्सिनको सही जानकारी दिन र भीड़ नगर्नलाई माइकको सहारा लिनु परेको पनि देखियो। विशेष गरी मानिसहरू भ्याक्सिनको पहिलो खोप र दोस्रो खोप लगाउन आएका मानिसहरू निक्कै बेसि देखियो। मानिसहरूमा सही जानकारी नभएको कारणले पनि निक्कै अधिक भीड़ भएकोले आजको भ्याक्सिन लगाउन आउने मानिसहरूको भीड़लाई सम्बोधन गर्दै खरसाङ महकुमा अस्पतालको स्वास्थ्य कल्याण अधिकारी बिजय सेञ्चुरीले पहिलो खोप लगाइएको 85 दिन दिनपछि मात्र दोस्रो खोप लगाउने र एकै दिनमा यति धेरै मानिसहरूलाई भ्याक्सिन लगाउन सम्भव नहुने र लिस्ट अनुसार विस्तारै सुचीबध्द तरिकाले बिस्तारै मिलाएर लगाउने बताए। तिनले कसैलाई कोरोना संक्रमण भए पुन: नेगेटिभ भएर 90 दिनपछि मात्रै पहिलो खोप लगाउने पनि जानकारी दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *