खरसाङको सन्त मेरिजमा नि:शुल्क दन्त जाँच शिविर

खरसाङ (निसं) : खरसाङको सन्त मेरिजस्थित प्यारिस हलमा ढरेन गाउँ वेलफेयर सोसियल समूहका सदस्याहरूद्वारा नि:शुल्क दन्त जाँच शिविर सम्पन्न गरियो। उक्त शिविर फादर एडवर्ड लेप्चाको प्रार्थना अनि क्याथोलिक वेलफेयर एसोसिएशन-का सचिव प्रजेश लेप्चाको स्वागत सम्भाषणबाट शुरु गरिएको थियो। उक्त दन्त जाँच शिविरमा केयर 32 डेन्टल क्लिनिकका डाक्टरहरू डा. मिनेभा सुब्बा र डा. अन्मोल दाहाल उपस्थित थिए। यस शिविरमा डाक्टरहरूले दन्त जाँचसहित दवाईहरू पनि नि:शुल्क रूपमा वितरण गरे। शिविरमा ढरेन गाउँ सोसियल समूहका सदस्यहरू र क्याथोलिक वेलफेयर एसोसिएशनको सभापति आजेस छेत्री, सचिव प्रजेश लेप्चा अनि अन्य सदस्याहरूले सहयोग पुऱ्याएका थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *