खरसाङको सन्त मेरिजमा 127 जनाले लगाए कोरोनाको पहिलो खोप

खरसाङ: सन्त जोहन् वर्कम्यान क्याथोलिक वेलफेयर एसोसिएसन एवम् गोर्खा जनमुक्ति मोर्चा दुईको सन्त मेरिज शाखाको संयुक्त आयोजनामा खरसाङको सन्त मेरिज हिलस्थित सन्त जोहन पल्ली भवनमा 45 वर्षदेखि माथि उमेर भएका मानिसहरूको लागि कोभिड 19-को प्रथम डोजको भ्याक्सिनेसन शिविरको आयोजना। यस शिविरमा सन्त मेरिज 2 ग्राम पञ्चायत अन्तर्गत पर्ने सन्त मेरिज, सिङ्गेल-काफीबारी, गोथल्स साइडिङ र खहरे बस्तीका मोठ 127 जना गाउँलेहरूले कोरोनाको प्रथम खोप लगाए। सन्त मेरिज 2 ग्राम पञ्चायतका सचिव संगीता लामाले सम्बन्धित विभागसँग सम्पर्क गरेर खरसाङ खण्ड सुकना स्वास्थ्य विभागीय अधिकारीबाट अनुमोदन प्राप्त भएपछि उक्त शिविर सुचारु रूपले सम्पन्न गरिएको जानकारी प्राप्त भएको छ। उक्त टीकाकरण शिविरको लागि सचिव संगीता लामाले आयोजक समितिप्रति धन्यवाद प्रकट गरेकी छन्। स्वास्थ्य विभागको तर्फबाट खहरे-गोथल्स साइडिङका स्वास्थ्य निरीक्षिका निमा डोल्मा लामा, सन्त मेरिज तथा खहरे उप स्वास्थ्य केन्द्रका स्वास्थ्य सहायिकाहरू, खहरे-सन्त मेरिजका आशाकर्मीहरू लगायत पञ्जीकरण गर्नको निम्ति सुकनाबाट डीईओ उपस्थित थिए। आजको टीकाकरण शिविरमा प्रथम डोज लगाएका मोठ 127 जनालाई अबको 84 दिन पुरा भएपछि दोस्रो भ्याक्सिनेसनको निम्ति यहीँ स्थानमा उपस्थित रहनुपर्ने जानकारी गराइयो भने यसको निम्ति सबैलाई सूचित गरिइने आयोजक समितिको पक्षमा संयोजक बिराज थापाद्वारा विज्ञप्तिमार्फत् जनाएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *