खरसाङको सिङ्गेल चियाकमानमा कोभिड 19-बारे सभा

खरसाङ: खरसाङको सिङ्गेल चियाकमान उपस्वास्थ्य केन्द्रमा स्वास्थ्यकर्मीआशाकर्मी, आँगनवाडी कर्मचारीहरूलाई लिएर एउटा सभा सम्पन्न भयो। उक्त सभामा गोजमुमो खरसाङ महकुमा समिति महासचिव अनोश थापा, युवा मोर्चा संगठनिक सचिव असीम थापा, स्वास्थ्यकर्मी रजनी छेत्री, डीटीडीपीएलयु-को खरसाङ महकुमा समिति एवम् सिङ्गेल चियाकमान डीटीडीपीएलयु-का शाखा अध्यक्ष सन्तोष तामाङ, महकुमा सदस्य राकेस राईको उपस्थितिमा कोभिड 19-बारे सभा सम्पन्न गरियो। सभामा विशेष गरी आगामी 13 अगस्तको दिन खरसाङको सिङ्गेल चियाकमानको उप स्वास्थ्य केन्द्रमा रेपिड एन्टिजेन्ट टेस्ट गर्ने विषयमा चर्चा गरियो। यसको साथै विशेष गरेर दोकानदारहरू, वाहन चालक तथा पार्टीका  प्रतिनिधिहरूले टेस्ट गर्नेबारे सभामा चर्चा गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *