खरसाङको सिंगेल चियाबारीमा हिल तृणमूल कङ्ग्रेसको समर्थन सभा सम्पन्न

खरसाङ : खरसाङ महकुमा अन्तर्गत सन्त मेरिज ग्राम पञ्चायत 2-मा हिल तृणमूल कङ्ग्रेस तामाङ फोरमको सन्तोष तामाङको अध्यक्षतामा एउटा सभाको आयोजना गरियो। सभामा विशेष अन्य पार्टी त्यागेर हिल तृणमूल कङ्ग्रेसमा सामेल हुने 8 घरका युवाहरूलाई सन्तोष तामाङ अनि 2/8 बुथ अध्यक्ष सरन लामा, ध्रुब भारतीको हातबाट पार्टीको झन्डा प्रदान गरेर तिनीहरूलाई पार्टीमा स्वागत जनाइयो। समर्थन कार्यक्रमपछि तृणमूल पार्टी अनि मुख्यमन्त्री ममता ब्यानर्जीको हात बलियो बनाउन अनि गाउँ घरमा विकास गर्नको निम्ति बुथ कमिटी गठन गरियो। विशेष गरेर उक्त बुथ स्तरीय कमिटीमा अध्यक्ष अनिल मोक्तान, उपाध्यक्ष रोहित प्रधान र मणि विश्वकर्म, सचिव ध्रुव भारतीय, सह सचिव अभिषेक भारती र बब्लु मोक्तान, कोषाध्यक्ष सुदन सिंह र सोनाम विश्वकर्म, साङ्गठनिक सचिव प्रनित विश्वकर्म लगायत सदस्यहरू प्रणिल जोगी, दिवाकर थापा, कलुवा राई, प्रजय थापा, पपु मोक्तान आदिलाई चयन गरियो। सभालाई सम्बोधन गर्दै हिल तृणमूल कङ्ग्रेस तामाङ फोरमको अध्यक्ष सन्तोष तामाङले भने, जुन प्रकारले मुख्यमन्त्रीले पहाड़को विभिन्न क्षेत्रभरि विकासमूलक कार्यहरू अनि राज्यको कुना कुनामा विकास गरेर आम जनतालाई साहुलियतहरू दिइरहेको कुरालाई ध्यानमा राखेर पार्टी अनि मुख्यमन्त्रीको कार्यलाई मन पराएर अन्य पार्टी त्यागेर नेताहरू साथै जनता तृणमूलमा सामेल भइरहेका छन्। त्यसरी नै सिंगेल चिया बगानमा पनि अन्य पार्टी त्यागेर मानिसहरू हिल तृणमूल कङ्ग्रेसमा सामेल भइरहेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *