खरसाङको सिङ्गेल चियाकमानमा सेनिटाइज

खरसाङ: खरसाङको सिङ्गेल चियाकमानमा एकजना कोरोना पोजिटिभ भेट्टाएपछि सिङ्गेल चियाकमान कोठीधुरा 2/7 का युवाहरूले आज उक्त क्षेत्रमा सेनिटाइज गर्यो। गाउँका मानिसहरू आतङ्कित नहोस् भन्ने उद्देश्य लिएर गाउँका युवाहरूले दुई दिनको अन्तरालमा सेनिटाइज गर्ने निर्णय लिएपछि आजदेखि सेनिटाइज कार्य शुरू गरेको बताइएको छ। उक्त सेनिटाइज कार्यक्रममा सहयोग पुराइदिएकोमा गोर्खा जनमुक्ति मोर्चा खरसाङ महकुमा समितिका महासचिव अनोश थापालाई डीटीडीपीएलयु-को सिङ्गेल चियाकमान शाखाका अध्यक्ष सन्तोष तामाङले धन्यवाद दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *