खरसाङको सिङ्गेलमा सार्वजनिक भवनको शिलान्यास

खरसाङ : खरसाङ महकुमा अन्तर्गत सिङ्गेल चियाकमानमा गोर्खा जनमुक्ति मोर्चा खरसाङ महकुमा महासचिव अनोश थापाको उपस्थितिमा सार्वजनिक भवनको शिलान्यास गरियो। सिङ्गेल चियाबारीका जनताले वर्षौंदेखि पर्खेर बसेको सार्वजनिक भवन निर्माणको लागि शिलान्यास भएपछि महासचिव अनोश थापालाई समाज अनि क्लबको तर्फबाट खदार्पण गरी सम्मान गरियो। यसपछि छोटो सभाको आयोजना गरियो। सभापछि पत्रकारहरूसित कुराकानी गर्दै स्थानीय समशेर छेत्रीले जीटीए अध्यक्ष अनित थापा अनि महासचिव अनोश थापा साथै राकेश राईप्रति कृतज्ञता प्रकट गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *