खरसाङको सिङ्गेलमा स्वास्थ्य कर्मीहरूलाई मास्क र पञ्जा वितरण

खरसाङ : गोर्खा जनमुक्ति मोर्चा खरसाङ महकुमा समितिको महासचिव अनोश थापाले आज खरसाङको सिङ्गेल चियाकमानको चारधुरा सार्वजनिक भवनमा  स्वास्थ्य विभागका आशाकर्मीहरू अनि आँगनवाड़ीका कर्मचारीहरूलाई स्वास्थ्य सुरक्षाको सामग्रीहरू मास्क, पञ्जा आदि वितरण गरे। हाल कोरोना महामारीको समयमा स्वस्थ्यकर्मीहरूले निष्ठापूर्वक आफ्नो काम गरिरहेकोले गर्दा ती कर्मचारीहरूलाई सहयोग स्वरूप तिनले सुरक्षा सामग्रीहरू वितरण गरेको बताइएको छ। कोरोना महामारीको समयमा ग्राउण्ड जिरोमा खट्नेहरूको लागि जीटीए चेयरम्यान अनित थापाले सबै सर-समानहरू जुटाई दिएकोमा गोजमुमो खरसाङ महकुमा समितिका महासचिव अनोश थापाले आभार प्रकट गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *