खरसाङको सिविटारमा फुटबल टुर्नामेन्टको दोस्रो चरणको खेल सम्पन्न

खरसाङ (निसं) : खरसाङ महकुमा अन्तर्गत सिविटार चियाबारीको तितिरी खेल मैदानमा सम्पन्न भइरहेको फुटबल टुर्नामेन्टको दोस्रो चरणको खेल शुरु भएको छ। गत 1 अक्टोबरदेखि शुरु भएको उक्त फुटबल टुर्नामेन्टको दोस्रो चरणको पहिलो खेल आज कफिबारी खरसाङ र मिक्स अप बोइस महानदीमाझ भीडन्त भयो। उक्त खेलको शुरुमा नै कफिबारीले गोल गरेर बढत बनाएको थियो तर लगत्तै महानदीले पनि गोल गरेर खेल बराबरीमा ल्यायो। पहिलो हाफमा 1-1 गोलको बराबरीमा खेल समाप्त भयो भने दोस्रो हाफको खेलमा महानदीले लगातार दुई गोल गर्यो। कफिबारीले एक मात्र गोल गर्न सफल भएपछि खेल निर्धारित समयावधिमा 3-2 मा समाप्त भयो। आज भएको दोस्रो खेल सिविटार चियाबारीको दश नम्बर र सिविटार चियाबारीकै बाह्र नम्बर गाउँमाझ भयो। उक्त खेलमा 12 नम्बरले 10 नम्बरलाई 2-1 को अन्तरले पराजित गर्न सफल भएको छ। आजको पहिलो खेलमा निर्णायकको रूपमा आशिष प्रधान अनि दोस्रो खेलमा मिलन राई थिए भने दुवै खेलमा सह निर्याणकको रूपमा सुमन प्रधान र विकास राई रहेका थिए। अब अर्को खेल आगामी 5 नोभेम्बरको दिन नसिब स्पोर्टिङ र बाघमारामाझ हुने भएको छ। यस विषयमा आयोजक समितिको पक्षबाट सन्दीप राईले जानकारी गराएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *