खरसाङको सिविटारमा गाईको पूजा अर्चना गरेर लक्ष्मी पूजा पालन

खरसाङ: नेपालीहरूको महान् चाड़ तिहारको तेस्रो दिन आज गाई तिहार हो। अन्य ठाउँहरूमा झैँ आज खरसाङको विभिन्न क्षेत्रहरूमा गाई तिहार पालन गरियो। आज मानिसहरूले आफ्नो घरमा पालिएको पशु गाईलाई लक्ष्मीको रूपमा मान्दै पूजा अर्चना गरेर लक्ष्मी पूजाको शुरुवात् गरेका छन्। नेपाली समुदायका मानिसहरूले आजको दिन दिउँसो गाईलाई लक्ष्मीको रूपमा पुजेर गाईको पुजा गरे भने राति लक्ष्मी माताको पूजा अर्चना गरेर चेलीहरूले भैलेनी गाउने चलन रहेको छ। आज खरसाङको सिविटार चियाबारीमा स्थानीय मञ्जिता छेत्री, सम्झना प्रधान र स्मिता प्रधानले विधिवत् रूपमा गाईको पूजा अर्चना गरेर नेपाली संस्कृति र नेपाली मान्यतालाई पालन गरेको देखियो। गाईको पूजापछि मञ्जिता छेत्री र सम्झना प्रधानले आफुहरूले आज गाई तिहारको दिन गाईलाई लक्ष्मीको रूपमा पूजा गरेको र यो नेपाली जातिको महान् चाड रहेको बताइन्। गाईलाई लक्ष्मी स्वरूप मानेर पूजा अर्चना गर्ने  नेपाली जातिको संस्कार र संस्कृति रहेकोले यसको संवर्द्धन र संरक्षण गर्न सम्मानसहित गाईको पूजा अर्चना गरेको बताइन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *