खरसाङको सोनादा क्षेत्रमा लकडाउन पूर्ण रूपमा पालन

सोनादा : आज राज्यभरिमा जारी लकडाउन अवधि यता खरसाङ सोनादा क्षेत्रमा पनि लकडाउन पूर्ण रूपमा पालन गरिरहेको छ भने खरसाङ सोनादा क्षेत्रमा पुलिसको निगरानी रहेको छ। सोनादा आउट पोष्टको इन्चार्ज बन्दना प्रधानको अगुवाईमा एएसआई उमेस छेत्री र पन्दु लेप्चा साथै पुलिसकर्मी र सिभिकहरूद्वारा आज सोनादामा चेकिङ कार्य गरियो। आवश्यकताबिना नै हिँड़डुल गर्नेहरू र बजारमा यताउता गर्नेहरूलाई कानुनी कार्वाही गरियो भने आवश्यक परेर निस्केकाहरूलाई मात्रा छुट दिइएको छ। त्यसरी नै ठीक कागजपत्रहरू जाँच गरेर मात्र मानिसहरूलाई यता उता जाने अनुमति दिइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *