खरसाङको स्प्रीङ साइड चियाबारीको माता शीतला देवी मन्दिरमा तीन दिवसीय पुजा शुरू

खरसाङ : खरसाङको स्प्रीङ साइड चियाबारीको लाइनधुरामा अवस्थित माता शीतला देवी मन्दिरमा आजदेखि तीन दिवसीय पूजा समारोहको आरम्भ भएको छ। लगातार तीन दिनसम्म चल्ने यस पूजा समारोहको आज प्रथम दिन मण्डप पूजा, गणेश पूजा इत्यादि गरियो। पण्डित लक्ष्मी प्रसाद ढकालद्वारा आगामी 16 मई चण्डी पूर्णिमासम्म यहाँ विशेष माताको पूजा अर्चना गरिने आयोजक समितिले जनाएको छ। खुबै भव्यताका साथ गरिने यस पूजा समारोहमा आजदेखि नै श्रद्धालु भक्तजनहरूको भीड़ लाग्न थालेको छ। आज बिहानैदेखि भक्तहरू आएर पूजा-अर्चना गर्नको साथै पूजा समारोहमा आफ्नो उपस्थिति दिने गरिरहेका छन्। मन्दिरमा आएका भक्तजनलाई कुनै प्रकारको असुविधा नहोस् भनी पूजा आयोजक समितिले विशेष व्यवस्था पनि मिलाएका छन्।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.