खरसाङको तीनधारे क्षेत्रमा पनि पूर्ण रुपमा लकडाउन

खरसाङ : बढ़दो कोरोना भाइरसको संक्रमणदेखि पहाड़लाई बचाउन जीटीए चेयरम्यानद्वारा घोषणा गरिएको जीटीएव्यापी लक डाउनको पहिलो दिन तीनधारे क्षेत्रमा पनि पूर्ण रुपमा लक डाउन रहेको छ। विशेष रूपमा तीनधारे क्रिकेट बजार क्षेत्र लगायत संलग्न क्षेत्रहरूमा पनि लक डाउन पालन गरिएको देखियो । तीनधारेको क्रिकेट बजार लगायत स्ट्याण्ट, रेलवे स्टेशन परिसर लगायत गोलाई क्षेत्र, भानु ग्राम, अप्पर गोलाई सबै क्षेत्रतिर लक डाउन पालन गरिएको छ।  आजदेखि जीटीए क्षेत्रका विभिन्न स्थानहरूमा लक डाउन शुरु भएको छ। तीनधारे क्षेत्रमा गरिएको लक डाउन विषयमा पत्रकारहरूसित बोल्दै सर्भिलेन्स कमिटी घैयाबारी ग्राम पञ्चायत 2 तीनधारेको संयोजक  कर्म मोक्तानले जीटीए चेयरम्यान अनित थापाको पहलमा आजदेखि शुरु भएको सात दिनव्यापी लक डाउन तीनधारे क्षेत्रमा पनि पूर्ण रुपमा पालन गरिएको छ भनी बताएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *