खरसाङको तीनधारे क्षेत्रमा रोपियो विभिन्न प्रजातिका रुखका विरुवाहरू

खरसाङ : बिरुवा लगाऔं तीनधारे बचाऔं नाराको साथमा खरसाङको तीनधारे क्षेत्रमा विभिन्न प्रजातिका रूखका विरुवाहरू रोपियो। तीनधारे ठेकेदार संगठन, श्रीगणेश सहकारी समिति तीनधारे र खरसाङ टेरिटोरियल फरेस्ट गाड़ीधुरा रेञ्जको संयुक्त आयोजनामा तीनधारेको पैह्रो क्षेत्रमा विभिन्न प्रजातिका विरुवाहरू रोप्नको साथै आज तीनधारेमा एउटा सचेतना कार्यक्रम पनि सम्पन्न गरियो। उक्त कार्यक्रममा सभाध्यक्षको रुपमा श्रीगणेश सहकारी समितिको सभापति बिनय कुमार छेत्री, प्रमुख अतिथिको रुपमा एनएच 55 को सहायक अभियन्ता शिशिर कुमार देव उपस्थित थिए। उक्त कार्यक्रमलाई ठेकेदार संगठनको सहसचिव एवम् श्रीगणेश सहकारी समितिका उप-सभापति नवराज छेत्रीले सञ्चालन गरेका थिए। कार्यक्रममा गाडीधुरा रेञ्जका रेञ्जर लक्ष्मण राई, तीनधारे रेणुका कन्या उच्च विद्यालयकी प्रधानाध्यापिका सपना जिम्बा, तीनधारे ठेकेदार संगठनको सभापति सुमन लोहार, स्वनिर्भर दलबाट भगवती प्रधान, श्रीगणेश सहकारी समितिका सभापति बिनयकुमार छेत्री आदिले वक्तव्य राखे।


यस कार्यक्रमपछि प्रमुख अतिथि एनएच-का सहायक अभियन्ता शिशिर कुमार देव, एसएई नवकुमार सिंह देवद्वारा बिरुवा रोपनको शुरुवात गरियो। त्यसपछि अन्य अतिथिहरू क्रमैले गाड़ीधुरा रेञ्जका रेञ्जर लक्ष्मण राई, घैयाबारी ग्राम पञ्चायत दुईका सचिव दमयन्ती छेत्री, तीनधारे पुलिस आउट पोष्टका बड़ाबाबु सागर प्रधान, रेणुका कन्या विद्यालयकी प्रधानाध्यापिका सपना जिम्बा, तीनधारे उच्चत्तर माध्यमिक विद्यालयका शिक्षक प्रवीण राई, तीनधारे ठेकेदार संगठनको संरक्षक नारायण गिरी, श्रीगणेश सहकारी समितिको सभापति बिनयकुमार छेत्री आदिले तीनधारेको लामपाते गैरीस्थित पैह्रो क्षेत्रमा विभिन्न प्रजातिका विरुवाहरू रोपे। यस कार्यमा लगभग 2 हजार विरुवाहरू तीनधारेको नयाँ पैह्रो परिसरमा रहेको हनुमान मन्दिर परिसरमा रोप्नाको साथै रूखका विरुवाहरू वितरण पनि गरियो। यस अवसरमा तीनधारे ठेकेदार संगठनको सभापति सुमन लोहार, सचिव सुमेन्द्र राई, कोषाध्यक्ष सचिन प्रधान लगायत संरक्षकद्वय सुरेन प्रधान र नारायण गिरी पनि उपस्थित थिए। यस कार्यपछि तीनधारेको गैरी गाउँस्थित गोदावारी संघको तर्फबाट तीनधारेको पैह्रोमुनि रहेको स्थानहरूमा पनि रूखका विरुवाहरू रोपियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *