खरसाङको तीनधारे क्षेत्रमा भानुभक्तको 207औं जन्म जयन्ती पालन

खरसाङ: खरसाङको तीनधारे क्षेत्रमा पनि आदिकवि भानुभक्तको 207औं जन्म जयन्ती पालन गरियो। साहित्य कला संस्थान् तीनधारेको आयोजनामा यहाँको चिल्ड्रेन पार्कस्थित भानुभक्तको सालिग परिसरमा 207औं भानु जयन्ती पालन गरियो। वर्तमान कोरोना भाइरसको खतरालाई ध्यानमा राख्दै सामान्य रूपमा पालन गरिएको भानु जयन्ती कार्यक्रम साहित्य कला संस्थान तीनधारेको सभापति रञ्जनकुमार रसाइलीको अध्यक्षतामा र सुकुमार बराईलीको सञ्चालनमा सम्पन्न भयो। संस्थानको मूल सचिव सन्तोष लामाले स्वागत वक्तव्य राखेपछि थालिएको कार्यक्रममा आदि कवि भानुभक्त आचार्यको जीवनी उत्तम शर्माले राखेका थिए। कार्यक्रममा प्रयास प्रधान र अभिषेक शर्माले कविता पठन गरेका थिए। त्यसरी नै रामायण पाठ गैरी गाउँको गोदावारी संघको नानीहरूले पठन गरेका थिए। रामायण पाठ अनुराधा ब्राह्मणको अगुवाईमा कुन्दन राजभर, अनामिका लकान्द्री, ईसान सुब्बा, गौरव ब्रह्माण्ड, अभिषेक राई, रोहित ब्राह्मण्ड आदिले सहभागिता जनाएका थिए। कार्यक्रममा सभाध्यक्ष रञ्जनकुमार रसाइलीले आफ्नो अध्यक्षीय सम्भाषणमा तीनधारे क्षेत्रमा पुरानो समयमा सप्ताहव्यापी रुपमा भानु जयन्ती पालन गरेको स्मरण गराउँदै हामीले तीनधारेमा लुकेर पनि भानु जयन्ती पालन गरेको कुराहरू पनि साझा गरे। उनले साहित्य कला संस्थान तीनधारेले चिल्ड्रेन पार्कमा आदि कवि भानुभक्तको सालिग स्थापना गर्न सक्षम बनेको बताउँदै कार्यक्रममा उपस्थित सबैप्रति आभार प्रकट गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusperabetjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetpokerklasJojobetJojobetGrandpashabetmariobetGrandpashabet girişurfa konteynerşanlıurfa konteynergrandpashabet girişholiganbet girişgrandpashabet girişmatbet girişvdcasino girişcasibom casibom pusulabet güncel girişpalacebetteosbetteosbetbetgitromabetgameofbetgrandpashabetjojobetholiganbetgrandpashabetbetparkbetparkbetparkjojobet girişDeneme Bonusu Veren SitelerbahiscasinoCratosroyalbetbetparkpusulabetsekabetmatbetvdcasinopalacebetbahiscasino1winteosbetholiganbetjojobetimajbetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkazandraperabetperabetperabetjojobetcasibomkralbetholiganbetgrandpashabetgrandpashabetpusulabetcasibomgrandpashabetgrandpashabetjojobetholiganbetgrandpashabetjojobetgrandpashabet girişgrandpashabet girişcasibombetpuanbetpuanholiganbet girişholiganbetibizabet girişibizabetibizabet girişholiganbet girişibizabetromabet giriş1win1win girişgrandpashabetgrandpashabetcasibomDeneme Bonusu Veren Sitelergrandpashabetcasibomcasibomcasibompusulabet giriş Built with ❤︎ by appycodes