खरसाङको तीनधारे क्षेत्रमा नाली बन्द भएपछि पैह्रो जानको साथै धेरैवटा घरलाई खतरा

खरसाङ (निसं) : खरसाङको तीनधारे क्षेत्रमा नाली बन्द भएर पैह्रो जानको साथै मैला पानी सबै सड़कभरि बगेर स्थानीय तीनधारेवासीहरूलाई धेरै खतरा उत्पन्न भएको छ। तीनधारेको तल्लो होटल गैरी नजिक रहेको कल्बटको पानी सड़कभरि बगेपछि तल्लो होटल गैरी नजिक रहेको स्थानीय सचिन सुब्बाको घरमुनि पैह्रो गएको छ। उक्त पैह्रोले तीनधारेको 17 माइल नजिक मैला पानी र माटोको थुप्रोले एनएच 55 नै बन्द भएको थियो। तर राति नै बाटो खोल्ने कार्य गरिए तापनि पैह्रोको माटोको थुप्रो र मैला पानी सड़कभरि बगेर गएपछि 17 माइल क्षेत्रमा रहेका धेरैवटा घरहरूलाई खतरा उत्पन्न भएको छ। आज बिहान पैह्रोले बन्द भएको एनएच 55 सडक भने जेसीबी-को सहयोगमा सफा गरिएको छ। उक्त पैह्रो र बन्द भएको एनएच 55-को निरीक्षण गर्नलाई एनएच 55 को एई सम्राट बर्मन र तिनको टिम घटनास्थलमा आएका थिए।


अर्कोतिर पैह्रोको मैला पानी र हिलो सड़कभरि बगेको कारणले तीनधारेको 17 माइल क्षेत्रमा रहेको 15-20 वटा घरलाई धेरै खतरा भएको थियो। मैला पानी सबै सड़कबाट बगेर घरभित्र पसेको स्थानीयहरूले बताएका छन्। तिनीहरूले बताए अनुसार नाली ब्लक भएर 17 माइलको सड़कभरि मैला पानी बगेको र घरभित्र पनि पसेको साथै धेरैवटा घरहरूलाई खतरा उत्पन्न भएको स्थानीय मानिसहरूले बताएका छन्। यस विषयमा एनएच 55-को एई सम्राट बर्मन साथै तीनधारेको स्थानीय बिनयकुमार छेत्रीले बताएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *