खरसाङको तीनधारेमा आरण्य सप्ताह पालन

खरसाङ: खरसाङको तीनधारेमा श्रीगणेश सहकारी समिति तीनधारे र डब्ल्यु डब्ल्यु एफ ईण्डिया दार्जिलिङ रेञ्जको आयोजनामा आरण्य सप्ताह पालन गरियो। यस अवसरमा तीनधारे क्षेत्रमा लगभग 500 वटा रुखको विरुवाहरू रोपियो। विरुवा रोपणको कार्य अघि तीनधारेको महात्मा गाँधी हलमा वृक्ष रोपण र आरण्य सप्ताह विषयमा सचेतना कार्यक्रम सम्पन्न भयो। उक्त कार्यक्रम श्रीगणेश सहकारी समितिका सभापति विनय कुमार छेत्रीको अध्यक्षतामा र सन्तोष लामाको सञ्चालनमा सम्पन्न भयो। उक्त कार्यक्रममा स्वागत वक्तव्य नवराज छेत्रीले राखेका थिए। यस कार्यक्रममा वृक्ष रोपण र यसको महत्व विषयमा लघु चलचित्र वृक्ष बन्धुप्रदर्शन गरियो। उक्त लघु चलचित्रमा विकास दास, नवराज छेत्रीले मुख्य भूमिका निर्वाह गरेका छन् भने यसको छाँयाङ्कन अभिषेक शंकरले र मिराज विश्वकर्मले निर्देशन गरेका छन्। यसै कार्यक्रममा डब्ल्यु डब्ल्यु एफ दार्जिलिङको तर्फबाट साइबर सेन गुप्ता र विनय कुमार छेत्रीद्वारा वक्तव्य राखिएको थियो। कार्यक्रममा डब्ल्यु डब्ल्यु एफ दार्जिलिङ रेञ्जका प्रोजेक्ट अफिसर पेम्बा छिरिङ भोटिया, रिक्छेन जिम्बा, खरसाङ खण्डका को-ओपरेटिभ इन्स्पेक्टर दावा दोर्जे भोटिया, वरिष्ठ नागरिक कल्याण संगठन तीनधारेका सभापति दिपक प्रधान, सर्भिलेन्स कमिटी तीनधारेका संयोजक कर्म मोक्तान, कोभिड को-अर्डिनेशन कमिटीका चिफ् को-अर्डिनेटर उत्तम शर्मा, तीनधारे पुलिस आउट पोष्टका बड़ाबाबु सागर प्रधान लगायत अन्यहरू उपस्थित थिए। कार्यक्रमपछि तीनधारे बजारको तलपट्टि क्षेत्रमा वृक्ष रोपण गरियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusperabetjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetpokerklasJojobetJojobetGrandpashabetmariobetGrandpashabet girişurfa konteynerşanlıurfa konteynergrandpashabet girişholiganbet girişgrandpashabet girişmatbet girişvdcasino girişcasibom casibom pusulabet güncel girişpalacebetteosbetteosbetbetgitromabetgameofbetgrandpashabetjojobetholiganbetgrandpashabetbetparkbetparkbetparkjojobet girişDeneme Bonusu Veren SitelerbahiscasinoCratosroyalbetbetparkpusulabetsekabetmatbetvdcasinopalacebetbahiscasino1winteosbetholiganbetjojobetimajbetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkazandraperabetperabetperabetjojobetcasibomkralbetholiganbetgrandpashabetgrandpashabetpusulabetcasibomgrandpashabetgrandpashabetjojobetholiganbetgrandpashabetjojobetgrandpashabet girişgrandpashabet girişcasibombetpuanbetpuanholiganbet girişholiganbetibizabet girişibizabetibizabet girişholiganbet girişibizabetromabet giriş1win1win girişgrandpashabetgrandpashabetcasibomDeneme Bonusu Veren Sitelergrandpashabetcasibomcasibomcasibompusulabet giriş Built with ❤︎ by appycodes