खरसाङको तीन माइल बस्तीमा जल जीवन मिशन कार्यको शिलान्यास

खरसाङ (निसं): खरसाङ चिम्नी देउराली समष्टी अन्तर्गत पर्ने तीन माइल बस्तीमा जल जीवन मिशनको कार्य आज क्षेत्रीय सभासद श्याम शेर्पाको हातबाट पूजा अर्जना गरेपछि शिलान्यास गरियो। टीका राम एजेन्सीबाट पनि यस कार्यक्रममा उपस्थिति रहेको थियो। जल जीवन मिशनको यस शिलान्यास कार्यक्रममा समष्टिको नारी मोर्चा सभापति सुष्मा मुखिया, सचिव ललिता छेत्री लगायत चिम्नी देउराली ग्राम पञ्चायत समिति सदस्य दिनेश तामाङ, पञ्चायत सदस्य दिपेश थापा आदि उपस्थित थिए। क्षेत्रवासीको तर्फबाट तीन माइल निवासी किरन लेप्चा, लान्धुप लेप्चा, बोर्निका लेप्चा अनि अन्य सदस्यहरु पनि उपस्थित थिए। उक्त जल जीवन मिशन विषयमा पत्रकारहरूसित कुराकानी गर्दै खरसाङ चिमनी देवराली समष्टीको सभासद श्याम शेर्पाले विस्तृत रूपमा जानकारी गराएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *