खरसाङको अप्पर सिरूबारीमा नि:शुल्क स्वास्थ्य जाँच शिविर

खरसाङ: खरसाङको अप्पर सिरूबारीमा समाज सेवा समिति, भारतीय रेडक्रस सोसाइटी र खरसाङ महकुमा अस्पतालको संयुक्त तत्वावधानमा नि:शुल्क स्वास्थ्य जाँच शिविरको आयोजना गरियो । भारतीय रेडक्रस सोसाइटीको तर्फबाट डा. एके बारूई लगायत टोली, खरसाङ अस्पतालको तर्फबाट डा. साह र रुबी मण्डल उपस्थित थिए। उक्त शिविरमा बिरामीहरूलाई निःशुल्क दवाई वितरण गरियो। शिविरमा अप्पर सिरूबारी लगायत वरिपरिका क्षेत्रहरूबाट लगभग 200 भन्दा अधिक बिरामीहरूले स्वास्थ्य जाँच गराए। आजको शिविरमा दवाईहरू नि:शुल्क रुपमा प्रायोजित गरेकोमा खरसाङ महकुमा अस्पतालको डा. रूमी मण्डललाई समाजको तर्फबाट धन्यवाद दिए। यस नि:शुल्क स्वास्थ्य जाँच शिविरमा भारतीय रेडक्रस सोसाइटीको तर्फबाट विजय सिन्चुरीले खरसाङको अप्पर सिरूबारीस्थित समाज घरमा भारतीय रेडक्रस सोसाइटी, खरसाङ महकुमा अस्पताल र समाज सेवा समिति अप्पर सिरुबारीको आयोजनामा नि:शुल्क स्वास्थ्य जाँच शिविर सम्पन्न भएको र उक्त शिविरमा अप्पर सिरुबारी लगायत वरिपरिका मानिसहरूले लाभ उठाएको बताए। स्वास्थ्य जाँच शिविर सम्पन्न गराउन सहयोग गरेकोमा ईण्डियन रेडक्रस सोसाइटीको तर्फबाट समाजका सबै पदाधिकारीलाई तिनले आभार प्रकट गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *