खरसाङको वार्ड नम्बर 1-मा बिमलपन्थीको कमिटी गठन

खरसाङ  : खरसाङ नगरपालिकाको वार्ड नम्बर 1-मा गोजमुमो बिमलपन्थीको कमिटी गठन गरियो। यसको लागि बिमलपन्थी गोजमुमोको सभा वार्ड नम्बर एकमा टाउन कमिटिको सभापति सोनाम लामाको अध्यक्षतामा सम्पन्न भयो। उक्त सभालाई ममता लामा गुरुङले सञ्चालन गरेकी थिइन्। सभामा नारी मोर्चा खरसाङ महकुमा समितिकी सभापति शान्ति राई र गोजमुमो खरसाङ महकुमा समितिका प्रवक्ता दिपेन्द्र देवानले सम्बोधन गरेका थिए। यसै सभामा खरसाङ नगरपालिकाको वार्ड नम्बर एकमा बिमलपन्थी गोजमुमोको कमिटी गठन गरियो। उक्त कमिटीमा सभापति बकिल राई, उप सभापति कल्याण राई र शरण लामा, सचिव राजु प्रधान, सह सचिव समीर राई लगायत 10 जनाको कार्यकारी सदस्य चयन गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *