खरसाङको वार्ड नम्बर 7-मा विद्यार्थी, नर्स अनि स्वास्थ्य कर्मीहरूलाई सम्वर्द्धना

खरसाङ : खरसाङ नगरपालिका अन्तर्गत वार्ड नम्बर 7-मा यस वर्ष माध्यमिक, उच्च माध्यमिक परीक्षा, आईसीएससी, आईएससी परीक्षा उत्तीर्ण भएका विद्यार्थीहरू साथै वार्ड नम्बर 7 भित्रको सबै नर्स अनि स्वास्थ्य कर्मीहरूलाई यहाँको राजराजेश्वरी सार्वजनिक भवनमा एउटा कार्यक्रमको माध्यमद्वारा सम्बर्द्धना जनाइयो। कार्यक्रममा मुख्य अथितिको रूपमा नगरपालिका अध्यक्ष ब्रिग्रेन गुरुङ, उपाध्यक्ष सुवास प्रधान, सुपरिटेन्डेन्ट इञ्जिनियर बिमल कुमार प्रधान, पावर विभाग, एक्जुकेटिभ इञ्जिनियर सुरज थापा, समाजसेवी मोहन गुरुङ अनि एचएस बस्नेत, वार्ड नम्बर 7 का नगरपार्षद उपस्थित थिए।


कार्यक्रमको पहिलो चरणमा अतिथिहरूको बाहुलीबाट माध्यमिक परीक्षामा उत्तीर्ण हुने 5 जना, उच्च माध्यमिक परीक्षामा उत्तीर्ण हुने 10, आईसीएससीमा उत्तीर्ण हुने 16 जना, आईएससीमा उत्तीर्ण हुने 10 जाना विद्यार्थीहरूलाई खदार्पणसहित सर्टिफिकेट अनि स्मृति चिन्ह प्रदान गरेर सम्मान जनाइयो। यसको साथै 11 जना नर्स अनि 7 जना स्वास्थकर्मी र स्वास्थ्य कर्मचारीवर्गलाई खदा अनि स्मृति चिन्ह्र मोमेन्टो प्रदान गरेर सम्मान जनाइयो। आजको कार्यक्रममा विशेष नगर अध्यक्ष बिग्रेन गुरुङ अनि एक्जुकेटिभ इञ्जिनियर सुरज थापाले पनि नानीहरूलाई प्रोत्साहन दिँदै आ-आफ्नो वक्तव्य राखे। यसैगरी, कार्यक्रमको दोस्रो चरणमा ईभान दी ओपन माईक गैरसरकारी संस्थाले गत 5 जुनदेखि शुरू गरेको अनलाइन सलिड वेस्ट म्यानेजमेन्टमा सहभागिता जनाउने नानीहरूलाई सर्टिफिकेट र खर्दा अर्पण गर्नको साथै संस्थाको तर्फबाट प्रशान्त शर्माले सलिड वेस्ट म्यानेजमेन्टमा गरेको सर्वे रिपोर्ट नगरपालिका अध्यक्षलाई बुझाए। संस्थाको तर्फबाट नगरपार्षद श्याम शेर्पालाई विशेष सहयोगको लागि धन्यवाद ज्ञापन गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *