खरसाङको वार्ड नम्बर 6 अन्तर्गत चौथले बस्तीमा सेनिटाइज

खरसाङ : गोर्खा जनमुक्ति युवा मोर्चा खरसाङ महकुमा समितिको आयोजनामा आज खरसाङको वार्ड नम्बर 6 मा सेनिटाइज गरियो। विशेष गरेर वार्ड नम्बर 6 को चौथले बस्ती क्षेत्रमा आज कोरोना पोजिटिभ पाइएकोले उक्त क्षेत्रमा बिनयपन्थी युवा मोर्चाद्वारा सेनिटाइजको कार्य सम्पन्न गरिएको जानकारी प्राप्त भएको छ। युवा मोर्चाका खरसाङ महकुमा समितिका सभापति पेबेन्द्र गुरुङको अगुवाईमा खरसाङ नगरपालिकाको वार्ड नम्बर 6 मा कोरोना भाइरसको दोस्रो चरणको महामारीलाई ध्यानमा राखेर सेनिटाइज गरिएको छ। युवा मोर्चाका प्रतिनिधिहरूले वार्ड नम्बर 6 को घर-घर पुगेर सेनिटाइज गरे। यस अवसरमा बिनयपन्थी युवा मोर्चाका खरसाङ महकुमा समितिको सभापति पेबेन्द्र गुरुङले युवा मोर्चा खरसाङ टाउन कमिटीले पनि विभिन्न क्षेत्रहरूमा सेनिटाइजको कार्य गरिरहेको साथै आज खरसाङ नगपालिकाको वार्ड नम्बर 6 अन्तर्गत चौथले बस्तीमा सेनिटाइज गरिएको बताए। स्मरण रहोस, आज यहाँको एकजनाको रिपोर्ट पोजिटिभ पाइएपछि सम्पूर्ण गाउँ परिसरमा नै सेनिटाइज गरिएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *