खरसाङको वार्ड नम्बर 7 –को रोडमा लगाइयो ऐना तथा रिफ्लेक्टर लाइट

खरसाङ : खरसाङको वार्ड नम्बर 7 को वार्ड पार्षद श्याम शेर्पाको पहल र  सहयोगमा वार्ड नम्बर 7 मा रहेको रोड क्षेत्रमा ऐना लगाउने कार्य सम्पन्न गरियो। वार्ड नम्बर सातको नगर पार्षदसितै गाउँको समाज सदभावना सोसियल वेलफेयर सोसाईटीका युवाहरूद्वारा खरसाङ बजारको धर्मशालाको गोलाईमा ऐना लगाउने कार्य गरियो। रोडमा गाड़ी कुदाउन धेरै सुविधा होस् भनेर उक्त ऐना लगाउने कार्य गरिएको बताइएको छ।  यसको साथै रोडको पोलतिर रिफ्लेक्टर लाइट पनि लगाउने कार्य गरिएको जानकारी सदभावना वेलफेयर सोसाइटीका सचिव बिरेस लामाले जनाएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *