खरसाङ खण्ड विकास अधिकारी लक्ष्मण विश्वासलाई विदाई

खरसाङ (निसं) : खरसाङ खण्ड विकास अधिकारी लक्ष्मण विश्वास खरसाङबाट सरूवा भएका छन्। खरसाङ खण्ड विकास अधिकारी सरूवा भएपछि तिनकै कार्यालयमा पुगेर खरसाङ खण्ड अन्तर्गत पर्ने पञ्चायत समितिका निर्वाचित पदाधिकारीहरूले तिनलाई विदाई दिए। यस अवसरमा खरसाङ खण्ड पञ्चायत समितिका सभापति अनु प्रधान, उप सभापति नारायण थापा, सभासदद्वय श्याम शेर्पा र नवराज छेत्री लगायत पञ्चायत समितिका निर्वाचित सदस्यहरूले खदा लगाइ दिएर तिनकै अझ प्रगति तथा सुस्वाथ्यको कामना गर्दै खरसाङ खण्ड विकास अधिकारीलाई विदाई दिए। यसको साथै भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका पदाधिकारीहरू, सम्पूर्ण कर्माध्यक्ष, सदस्य, कार्यालयका सचिव, ईए र सम्पूर्ण कर्मचारीहरूद्वारा पनि खदा माला लगाइ दिएर बीडीओ लक्ष्मण विश्वासलाई विदाई दिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *