खरसाङमा 100 वर्षका वृद्धले गरे मतदान

खरसाङ ( निसं) : आज जीटीए चुनाउमा एकजना 100 वर्ष पुग्न लागेका एकजना वृध्दले पनि आफ्नो मताधिकारको प्रययोग गर्दै भोट हाले। खरसाङको तीनधारे महानदी समष्टि अन्तर्गत पर्ने सिविटार चियाबारीको सरस्वती प्राथमिक पाठशालामा लगभग 1 देखि 2 किलोमीटरसम्म पैदल नै चुनाउ बुथमा गएर भोट हाले। तिनी सिविटारको बाघमारा बस्ती निवासी चन्द्रवीर लामा (स्याङदेन म्हेम्हे) हुन्। उनी अहिले 99 वर्ष पुगेका छन् भने अबको केही महिनामा नै 100 वर्ष पुग्ने थाहा लागेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *