खरसाङमा 1 जुलाईदेखि प्लास्टिकको प्रयोगमा प्रतिबन्द

खरसाङ (निसं) : खरसाङ बजारलाई प्लास्टिकमुक्त बनाउन अब खरसाङमा आगामी 1 जुलाईदेखि प्लास्टिक प्रयोगमा प्रतिबन्द लगाउने खरसाङ नगरपालिकाले निर्णय लिएको छ। यसको लागि आज खरसाङ नगरपालिकाको आयोजनामा प्लास्टिकमुक्त खरसाङ बजार बनाउनलाई सचेतना ऱ्यालीको आयोजना गरियो। उक्त सचेतना ऱ्याली खरसाङको रेलवे स्टेशन परिसरबाट शुरु भएर खरसाङ बजार परिक्रमा गरेर मोटर स्ट्याण्डमा पुगेर समाप्त भयो।


उक्त ऱ्यालीमा खरसाङ नगरपालिकाको भाइस चेयरम्यान सुवास प्रधान, नगरपालिकाका अधिकारीहरू रामकृष्ण दत्त, पासाङ याङ्जी शेर्पा, सेनिटेरी इन्स्पेक्टर रमेश सुब्बा, विद्युत विभागीय प्रभारी शुभ्र रुम्बा लगायत खरसाङका विभिन्न संघ संस्थानका प्रतिनिधिहरू र विभिन्न विद्यालयका विद्यार्थीहरू उपस्थित थिए। खरसाङ बजारलाई प्लास्टिकमुक्त बनाउन आगामी 1 जुलाईदेखि प्लास्टिक प्रयोगमा प्रतिबन्द लगाउने र आजको सचेतना ऱ्याली विषयमा पत्रकारहरूसित कुराकानी गर्दै खरसाङ नगरपालिकाको भाइस चेयरम्यान सुवास प्रधानले बताएका छन् ।


 

Leave a Reply

Your email address will not be published. Required fields are marked *