खरसाङमा 30 अप्रेलदेखि टी ट्वेन्टी क्रिकेट टुर्नामेन्ट शुरू हुने

खरसाङ (निसं) : खरसाङ गोर्खा पार्वत्य खेलकूद सङ्घले वर्षभरिको खेलकूद क्यालेण्डर अनुसार पहिलो टुर्नामेन्ट भलिबल कार्निभलको सफल आयोजना गरेपछि यसको लागि सहयोग गर्ने सबैप्रति आभार प्रकट गरेको छ। खरसाङ गोर्खा पार्वत्य खेलकूद सङ्घका सचिव निर्मल गुरुङले एउटा भिडियो जारी गर्दै भलिबल कार्निभलमा सहभागिता जनाउने र सहयोग गर्नेहरू साथै खरसाङ गोर्खा पार्वत्य खेलकूद सङ्घको सबै सदस्यहरूप्रति आभार प्रकट गरेका छन्। तिनले आगामी 30 अप्रेलदेखि खरसाङमा लेदर बलको टी ट्वेन्टी क्रिकेट टुर्नामेन्ट आयोजना गरिने भएको जानकारी गराएका छन् । उक्त लेदर बलमा टी ट्वेन्टी क्रिकेट टुर्नामेन्ट आयोजना गर्नुको मुख्य उद्देश्य स्थानीय युवाहरूले पनि मौका पाउनुपर्छ साथै स्थानीय प्रतिभाशाली युवाहरूले क्रिकेटमा भविष्य बनाउन सक्ने भएकोले खेलाइएको बताएका छन् । खरसाङ गोर्खा पार्वत्य खेलकूद संघको आयोजनामा खरसाङ प्रिमियर फुटबल टुर्नामेन्टको पनि आयोजना गरिने विषयमा सचिव निर्मल गुरुङले जानकारी गराएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *